सुर्खेती चेली हरिमायाको तीज गीत ‘पार्वता’सार्वजनिक

सुर्खेत।सुर्खेती चेली गायिका हरिमाया कार्कीको तीज कोशेली ‘पार्वता’ बोलको तीज गीत सार्वजनिक भएको छ । नेपाली संस्कृती र स्थानीय मौलिकता झल्किएको तीज गीत हरिमाया कार्की अफिसयिल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्षसमेत रहेकी कार्कीले सार्वजनिक गरेको गीतमा स्थानीय कलाकारको अभिनय रहेको छ । ‘पार्वता’मा संगीत र रचना गायिका कार्कीको  छ भने संगीत एरेन्ज खेमराज गौतमले गरेका छन् ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा कलाकार चन्द्र मन्दिर, कृष्णराज धमाला, निरक वम, थिरबहादुर खत्री, सीता भण्डारी, एकन्द्रिा थापा केसी, तुलसी शाही, करिस्मा सिंह ठकुरी, सिर्जना परियारलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

गीतको भिडियो सुर्खेतको भुरेली, कोलडाँडा, देउतीबज्यै लगायत विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ । निर्मल प्याकुरेलेले सम्पादन गरेको भिडियोमा सविता रानाको मेकअप, हरिराम रोकायाले लाइट व्यवस्थापन र भरत कुमालको छायाँङ्कन रहेको भिडियोमा चन्द्र मन्दिरले निर्देशन गरेका छन् ।

गीतमा कर्णालीको मौलिक संस्कृती झल्किने र परम्परागत समाजमा छोरीलाई आमा बुवाले दिएको घरमा विहे गरी जानु पर्ने अवस्थामा सबैभन्दा नजिकको साथीलाई विहेको निर्णय गर्नु अघि मनको अन्योल चिर्न मिल्ने साथिलाई सोध्नु परेको अवस्था चित्रण गरिएको कार्कीले बताइन् ।

यस अघि कार्कीले विभिन्न गीतहरु बजारमा ल्याइ सकेकी छन् ।

तपाईको प्रतिक्रिया