सुर्खेतका यज्ञ गिरीको तिज गित (करिमै रैछ जन्जाल) सार्वजनिक (भिडियो सहित)

सुर्खेत । गितकार एवम संगितकार यज्ञकुमार गिरीको तिज गित (करिमै रैछ जन्जाल) सार्वजनिक भएको छ । कर्मैले घुमायो, मन मुटु खाने भो बोलको गितको अपार सफलता पछि यो वर्ष पनि हिन्दु नारीको महान चाड तिजको अबसरमा गाउँ परिवेशमा नारीले भोग्नु परेका कथा व्यथालाई लक्षित गरि उक्त गित तयार गरिएको गितका सर्जक गिरीले जानकारी दिए । गितमा गायिका टिका पुनको स्वर रहेको छ ।

स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोको निर्देशन प्रेम बहादुर थापा (यामु मगर) ले गरेका छन । भिडियोमा बविता बाँकावल मगर र पार्वती केसी को अभिनय रहेको छ । भिडियोको छायांकन भरत कुमालले गरेका छन भने सम्पादन निर्मल प्याकुरेलले गरेका हुन् ।

गितका सर्जक गिरी आधुनिक गितमा लामो समय सम्म काम गर्दै आएका छन् । उनले संगित गरेका थुप्रै गितले अवार्ड समेत पाएका छन । लोक कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै सर्जक गिरीले निरन्तर तिज गितका साथै झ्याउरे गित समेत शृजना गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया