सुर्खेत उद्योग वाणिज्य संघद्धारा २ वटा पुरस्कार स्थापना

सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले पत्रकार र श्रष्टा/साहित्यकारहरुको सम्मानका लागि २ वटा पुरस्कार स्थापना गरेको छ । संघले संस्थापक अध्यक्ष स्व. नन्द ब कार्किको नाममा पत्रकारीता र प्रथम अध्यक्ष स्व. मणिराम गौलीको नाममा श्रष्टा साहित्यकार सम्मान पुरस्कार स्थापना गरेको हो ।

सुर्खेत तथा कर्णाली प्रदशको आर्थिक उन्नती र समृद्धिका लागी अनवरत रुपमा कलम चलाउने पत्रकार र कला साहित्यको माध्यमबाट सुर्खेत लगाएत सिंगो कर्णालीको पहिचान स्थापित गराउन कला साहित्यको क्षेत्रबाट महत्वपुर्ण योगदान दिने एक जनालाई वार्षिक साधारण सभाको अवसरमा नगद सहित सम्मान गर्ने संघका महाँसचिव भद्र भण्डारीले जानकारी दिए ।

पुरस्कार तथा सम्मानका लागी संघले गत फागुन १५ गते देखि आयोजना गरेको तेस्रो कर्णाली एक्स्पोबाट भएको आम्दानी रकम मध्य रु पाँच लाख रुपैयाको अक्ष्य कोष खडा गर्ने निर्णय गरेको महाँसचिव भण्डारीले बताए । अक्षय कोषमा जम्मा भएको रकमको व्याजबाट आउने नगद पत्रकार र साहित्यकारलाई दानासाहिले वितरण गरिने भण्डारीले बताए ।

एक्स्पो आयोजना गर्नुभन्दा अगाडी गरिएको पूर्व घोषणा अनुसार पत्रकार र साहित्यकारको सम्मानमा नगद सहित सम्मान गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मण कँडेलले बताए । संघले यसअघि पनि आर्थिक क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई वार्षिक साधारण सभाको अवसरमा ११ हजार १ सय ११ रुपैया राशीको पुरस्कार दिदै आएको छ ।

यसअघि दिदै आएको आर्थिक पत्रकारीता पुरस्कार सुर्खेत जिल्लाका पत्रकारहरुका लागी हो भने अहिले स्थापित दुई वटा पुरस्कार कर्णाली प्रदेशका जिल्लाहरुबाट छनौट गरि प्रदान गरिने अध्यक्ष कँडेलले बताए । संघले आफुलाई संस्थागत कार्यमा मात्रै सिमित नराखी सामाजिक तथा साहित्यको क्षेत्रमा पनि योगदान दिने उद्धेश्यका साथ पुरस्कार दिने योजना गराएको जनाएको छ ।

तपाईको प्रतिक्रिया