
काठमाडौं। नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।
नेपालले बुधबार फाइनलमा भारतसँग खेल्ने भएको छ । शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो ।
मङ्गलबार भएको इरानसँगको खेलमा नेपालले सोझो सेटमा खेल जिते पनि खेल प्रतिस्पर्धात्मक थियो । भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो ।

नेपालीरैबार । २०८१ श्रावण २३, बुधबार