गूगल प्ले स्टोरमा उपलब्ध भयो इसेवा एप

काठमाडौं । डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायब भएको एप बिहीबार फर्किएको हो ।

इसेवा एप पुनः गूगल प्ले स्टोरमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । सम्पूर्ण ग्राहकहरू, एजेन्टहरू, मर्चेन्टहरू र शुभेच्छुकहरूले देखाएको सदीक्षा प्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ ।

यसअघि इसेवा प्रालि, इसेवा लिमिटेडमा परिणत भएसँगै, उक्त विवरण गूगल प्ले स्टोर र डेटा युनिभर्सनल नम्बरिङ सिस्टम मा अपडेट गर्ने क्रममा रहेकाले अस्थायी रूपमा एप प्ले स्टोरबाट हटेको थियो ।

तपाईको प्रतिक्रिया