फिल्म ‘घर नम्बर २’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘के घर के डेरा स् घर नम्बर २’ को छायांकन सुरु भएको छ । ३० दिनको सेड्यूलसहित निर्माण युनिटले शुक्रबार गोदावरीबाट फिल्मको छायांकन सुरु गरेको हो ।

फिल्मको पहिलो सट अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिए । शुक्रबार दिनभर यी कलाकारको नै सुटिङ रहने छ ।

शनिबारदेखि सेटमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि देखिने छन् । छायांकन अगाडि फिल्मको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा शुभसाइत भयो । शुभसाइत समारोहमा फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए ।

फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको समेत मुख्य भूमिका रहनेछ । कृष्णबहादुर थापाको छायांकन रहने फिल्म सामाजिक विषयवस्तु बन्न लागेको हो । फिल्मलाई दीपेन्द्र के। खनालले निर्देशन गर्दैछन् । फिल्ममा बुद्धि सागरको लेखन छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनी रहेका छन् ।

फिल्म ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठले मिलेर बनाउन लागेका हुन् । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

फिल्मलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य निर्माण युनिटको छ ।

तपाईको प्रतिक्रिया