नेपालीरैबार पाँचौ वर्षको यात्रामा

नेपालीरैबार डटकम आज शनिबारबाट पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७७ साल भदौ १ गतेबाट हामीले आधिकारीक रुपमा सञ्चालन गरेको डिजिटल अनलाईन पत्रिकाको पाँचौ वर्ष प्रवेशको यस शुभ अवसरमा आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार व्यक्त गर्दछौं । उहाँहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो ।

डिजिटल मिडियाको प्रतिस्पर्धी बजारमा एउटा संस्था जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन र थिएन पनि । प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो चौथौ वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएका छौं । डिजिटल मिडियाको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनुभएका साथीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राखेका छौं । पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैं उत्साहित बनाइराख्ने ऊर्जा प्रदान गरिरहनेछ भन्ने विश्वास लिएका छौं । आज भन्दा पाँच वर्षअघि डिजिटल सञ्चारमाध्यमका रुपमा नेपालीरैबार डटकम सञ्चालनमा आएको थियो ।

नेपाल र नेपाली सन्दर्भका सामग्री व्यावसायिक रुपमा प्रस्तुत गर्ने र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने उदेश्यमा नेपालीरैबारले राम्रो सफलता पाएको हाम्रो विश्वास छ । पाँचौ वर्ष प्रवेशको यो अवसरमा हामी ती सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थाहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ । हाम्रो अहिलेसम्मको यात्राले साबित गरिसकेको छ ः सत्य–तथ्य र निष्पक्षमा आधारित सन्तुलित पत्रकारितामा हामी कसैसँग सम्झौता गर्दैनौँ । पाठकका सुझाव र प्रतिक्रियालाई हामीले सधैँ मार्गदर्शनका रुपमा लिएका छौँ,र लिने छौँ, जसले नेपालीरैबारलाई अझै परिष्कृत र बलियो बनाउने हाम्रो विश्वास छ ।

नागरिकका दैनिकी समस्या ज्युँका त्युँ छन् । आवाज विहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ । आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन् । देशको मूल नीति मानिने राजनीतिलाई त झन् अलग गर्नै मिल्दैन । नेपालीरैबार डटकमको यस चौथौँ वार्षिकोत्सव तथा पाँचौ वर्ष प्रवेशको शुभ अवसरमा नेपालीरैबार अनलाइन न्युज पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहान्छौं । नयाँनयाँ रैबार र विश्लेषणसहित नेपालीरैबार सधैँ सगैँ तपाईंसँगै हुनेछ ।
धन्यवाद ।

प्रकाशक

तपाईको प्रतिक्रिया