सिजनमै छैन व्यापार

सुर्खेत । विगतका वर्षहरुजस्तो समान्य परिस्थिति हुन्थ्यो भने यतिबेला व्यापारको सिजन हो । चाडपर्व नजिकिँदै छन् । चाडवाडको समयमा अरुबेलाभन्दा राम्रो व्यापार हुन्छ । कतिपय व्यवसायमा यही सिजनमा गरेको आम्दानीले वर्षभरी आइलाग्ने कारोसमेत टाथ्र्यो ।

साउनदेखि आर्थिक वर्ष सुरु हुने तथा चाडपर्व पनि आउने हुँदा आर्थिक गतिविधि चलाएमान रहन्थ्यो । अघिल्ला वर्षहरुमा यो समयमा बजार किनमेल गर्नेको भिडले खचाखच हुन्थ्यो भने व्यापारीहरुलाई सामान बिक्री गर्न उस्तै भ्याइ–नभ्याई । तर यो पटक अवस्था सामान्य रहेन ।

कोरोना संक्रमण तथा रोकथामका लागि झण्डै चार महिना देशभर पूर्णरुपमा लकडाउन भयो । यो अवधिमा सबैखाले धन्दा व्यवसाय बन्द भए । जसले गर्दा आर्थिक गतिविधि हुन सकेनन् ।

सरकारले लामो बन्दाबन्दी खुला गरेको पनि दुई महिना भइसकेको छ । यद्यपि बजार भने अझै राम्ररी बिउँझन सकेको छैन् । कतिपय जिल्ला सदरमुकाम तथा स्थानीय तहहरुमा अहिले पनि आवतजावतमा कडाइ कायमै छ । कोरोना संक्रमणको त्रास पनि उस्तै छ । साझा विसाैनी दैनिकमा समाचार छ ।

कर्णाली प्रदेशमा पनि दैनिकजसो संक्रमित थपिइरहेका छन् । कोरोनाको जोखिम हटिसकेको छैन् । लामो बन्दाबन्दीपछि खुलेको बजारमा चहलपहल ह्वात्तै बढ्ने व्यवसायीहको अपेक्षा थियो । अब बिक्रीबट्टा राम्रै होला, उनीहरु आशामा थिए र चाडपर्व नजिकिँदै आएकाले थप व्यापार हुने अपेक्षा व्यवसायीको थियो । तर उनीहरुले सोचेकोभन्दा बजारको अवस्था ठीक उल्टो भइदियो ।

‘बजारभरी मान्छे छन्, भएर के गर्नु व्यापार छैन,’ वीरेन्द्रनगर बजारका व्यवसायीहरु यसै भन्छन् ।’ लकडाउन खुलेपछि तीजमा खुबै व्यापार हुने फेन्सी व्यवसायीले ठानेका थिए । यस पटकको तीजमा यहाँका फेन्सी पसलले एउटा पनि सामान बेच्न पाएनन् ।

तपाईको प्रतिक्रिया