यरीचोकमा महाबचत योजनासहित सञ्चालनमा आयो ओली सुपरमार्ट

सुर्खेत । वीरेन्द्रनगर यरीचौक पतेनिरोडमा दैनिक घरायसी उपभोग्य सामाग्रीमा भारी छुटका महाबचत योजनासहित ओली सुपरमार्ट सञ्चालनमा आएको छ । शनिबार दश हजार बढी दैनिक घरायसी उपभोग्य समाग्री, खेलौना, भाडाकुडा, उपहार सामाग्री, कापि, कलम लगायतका सामाग्रीहरु एकै छानामुनीबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मार्टको सुभारम्भ गरिएको हो ।

मार्टको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले समुद्घाटन गरेका हुन् । स्वदेशी तथा विदेशी घरायसी प्रयोगका सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको मार्टको लगानी तीन करोड बढी रहेको छ । मार्ट सुभारम्भका अवसरमा विभिन्न छुट योजना घषोणा गरिएको छ । जसमा ओपनिङ धमका छुट योजनामा १५ सयभन्दा माथिको सामाग्री खरिद गर्ने ग्राहकले बम्पर उपहार योजना अन्तर्गत तीन जनालाई रेफ्रिजेरेटर, वाटर एयर कुलर, मिक्सर प्रदान गरिने मार्टका सञ्चालक टिका ओलीले जानकारी दिए ।

उनका अनुसार यो योजना भदौ १ गतेदेखि कार्तिक २२ गतेसम्म लागु हुनेछ । यस्तै, ओली सुपरमार्ट तिज उपहार योजना अन्तर्गत एक हजारभन्दा माथिका सामाग्री खरिद गर्ने तीन जना भाग्यशाली ग्राहकलाई सुनको तिलहरी उपहार दिइने छ । तिज उपहार योजना भदौ १ बाट सुरु भई भदौ २२ गतेसम्म लागु हुनेछ ।

सुभारम्भ छुटमा लुट अन्तर्गत हरेक सामानको खरिदमा पाँच देखि २५ प्रतिशतसम्मको छुट प्रदान गरिने उनले बताए । यो योजना भदौ १ गतेदेखि ८ गतेसम्म लागु हुनेछ । मार्ट सुभारम्भका अवसरमा सात दिन सात उपहार योजना पनि अगाडि सारिएको छ । जस अनुसार भदौ १ गतेदेखि ७ गतेसम्म हरेक दिन ग्राहकलाई विद्युतिय पानी कित्ली उपहार दिइने सञ्चालक ओलीले बताए ।

तपाईको प्रतिक्रिया