कोरोना कहरमै काम खोज्न २२ हजार नेपाली भारत फर्किए

सुर्खेत । नेपालगञ्ज नाका भएर भारतबाट ७६ हजार ४८ नेपाली भित्रिएका छन् । कोरोनाका कारण राज्यले लकडाउन गरेदेखि भाद्र मसान्तसम्म नेपालगञ्ज नाका भएर उनीहरु नेपाल फर्कीएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए ।

तस्वीर सौजन्य आहाखवर

उनले लकडाउन भएदेखि भादौ मसान्तसम्म झण्डै ४० हजार भारतीय स्वदेश फर्केको बताए । भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिएकाे खवर सुर्खेतपत्र दैनिकमा छापिएकाे छ ।

भदौ १५ गतेदेखि कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाई छ । उनले १५ भदौदेखि झण्डै २२ हजार नेपाली कामका लागि भारत प्रवेश गरेको बताए । दैनिक सरदर दुईसय ५० जना नेपाली कामका लागि भारत जाने गरेको उनको भनाई छ ।

लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको गिरीले बताए । कोरोनाको संक्रमण बढेपछि मेरे आफ्नै देशमा मरौला भनेर फर्किएकाहरु भरतमा लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उनले स्पष्ट पारे ।

‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान थालेका छन्,’ उनले भने ।’

तपाईको प्रतिक्रिया