रविले भने– समितिले सहकारी पीडितसँगै मलाई पनि न्याय दिन्छ भन्नेमा विश्वस्त छुु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँगको बयानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने बताएका छन् ।

शुक्रबार राति अबेरसम्म चलेको बयानको बिट मार्दै उनले समितिको कामको प्रशंसा पनि गरे । उनले भने– न्यायको खोजीमा रहेका सहकारी पीडितलाई संसदीय समितिले न्याय दिन्छ भन्नेमा विश्वस्त छु । साथै न्यायको खोजीमा रहेको म स्वयंलाई पनि समितिले न्याय दिन्छ भन्ने आस छ ।

बयानको क्रममा ५१ वटा प्रश्न सोधिएकोमा लामिछानेले सबै प्रश्नमा सविस्तार जवाफ दिएका थिए । उनले दिएको जवाफ जस्ताको तस्तै पेस गर्ने समेत समितिका सभापति सूर्य थापाले बताएका छन् । उनले भने, ‘उनले दिएको जवाफ जस्ताको तस्तै हामी पेस गर्छौँ । प्रतिवेदनमा लेखनमा पनि समावेश गर्छौँ । अनुसूचीमा पनि राख्छौँ ।’

प्रश्नहरूको क्रमैसँग जवाफ दिनेक्रममा उनले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको समितिका एक सदस्यले बताए ।

उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताए । लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया