दोहोरी गीत प्रतिष्ठान दैलेखको ९ औँ साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

दैलेख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षतामा सनिबार ९औँ साधारणसभा सम्पन्न भएको हो ।

लोक दोहोरी गीत हाम्रो संस्कृती हो यसको बिकास गर्नुपर्ने र जिल्लाका लोक तथा दोहोरी गीत संगीत सरक्षंण गर्न सबैले सहयोग गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकाअध्यक्ष हरिमाया कार्कीले बताईन्।

यस्तै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले कला संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा आफनो पनि सधै साथ रहने बताए । आगामी दिनमा जुनसुकै अवस्थामा पनि प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष यामराज विष्टले लोक तथा दोहोरी गीत प्रतिष्ठानले दैलेखमा धेरै राम्रा कामका गरेका छौ ,अझै प्रतिष्ठानका लागि जति गर्नुपथ्र्यो त्यति गर्न नसकिएको तर जति गरियो त्यो महत्वपुर्ण रहेको बताउँदै सबैलाई धन्यवाद दिएका थिए ।लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापन अध्यक्ष लोकेन्द्र कुमार जीसीले सस्था ल्याउर्दा धेरै दुःख पाएको र अहिले यो अबस्था सम्म आइ पुग्दाँ धेरै खुशि भएको बताए।

उक्त कार्यक्रममा प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान दिएका दैलेखका अग्रज व्यक्तिहरूलाई सम्मान गरिएको छ। । कार्यक्रममा पत्रकार जनप्रतिनिधि बिभिन्न संघसस्थाका कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया