सुर्खेत बहुमुखी क्याम्पस प्रमुखले सहमति विपरित करार प्रक्रिया थालेपछि विरोध

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस प्रमुखले सहमति विपरित करार प्रक्रिया थालेको भन्दै प्रध्यापक संगठनहरुले विरोध गरेका छन् । विभिन्न प्रध्यापक संगठनहरुले ध्यानाकर्षण जनाउँदै निर्णय सच्याउन अनुरोध गरेका छन् । क्याम्पस कार्यसमिति बैठकले व्यवस्थापन संकायमा आशिक प्राध्यापकलाई करार गर्ने भनि गरेको निर्णयमा यस क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्ष सँग भएको सहमति विपरीत क्याम्पस प्रमुखले त्रिबिको अतिरिक्त कक्षा निर्देशिका २०७७ नाई लत्याएर क्याम्पसनाई धरासायी बनाई सुर्खेत देखी काठमाडौं गएर अवैधानिक तबरबाट २ जना विज्ञ प्राध्यापकलाई मात्र करार प्रक्रिया थालेको भन्दै विरोध गरिएको हो ।

व्यवस्थापन संकायमा मात्र करार गर्ने निर्णयलाई यथासिघ्र  छलफल गरी, सहमति र सहकार्यको नयाँ शिराबाट बिभिन्न समयमा क्याम्पसका सरोकार पक्ष तथा आशिक प्राध्यापक संघसँग भएको सहमति अनुसार अगाडि बढन प्रध्यापकहरुले माग गरेका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कुनै आशिक प्राध्यापकहरुलाई करार गर्नुहुन्न भन्ने होइन, तर क्याम्पसमा लामाे समयदेखि शिक्षा शास्त्र र व्यवस्थापन संकायमा प्राध्यापनरत आशिक प्राध्यापकहरुमध्येबाट आवश्यक भएका विषयहरुमा त्रि. वि. कार्यकारी र आशिक प्राध्यापकहरुको विचमा भएको सहमति अनुसार सगसगै विज्ञापन गरी करार गर्नु पर्छ भन्ने सामुहिक धारणा हुनुका साथै आशिक प्राध्यापकहरुले राखेको मागप्रति एक्यवद्धता रहेको कुरा जानकारी गराउँदछौ ।

यदि हाम्रो ध्यानाकर्षण पत्र लाई अबमूल्यन गरेमा यसबाट उत्पन्न हुने सम्पूर्ण कुराको जिम्मेवार स्वयम् क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासन हुनुपर्नेछ ।’ प्राध्यापक संघमा कावा. सभापति सरोज केसी, प्रजातन्त्रवादी प्राध्यापक संधका प्रेमबहादुर बुढा र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष गोविन्द प्रसाद आचार्य द्धारा हस्ताक्षरित संयुक्त ध्यानाकर्षण पत्र निकालिएको हो ।

यस्तै आंशिक प्रध्यापकहरूले क्यापसमा अनिश्चितकालीन तालबन्दी सहित क्याम्पस प्रमुखलाई क्यापसमा निषेधित गरेर गरेर आन्दाेलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया