सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सुर्खेत आउने भएका छन् । लामिछाने भदौ १५ गते सुर्खेत आउन लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश विशेष अभियान सञ्चालन गर्दे छ । उक्त अभियान तथा खुला भेलाको उद्घाटनमा लामिछाने सहभागि हुने रास्वपा सुर्खेतका नेता हरि अधिकारीले जानकारी दिए । उक्त कार्याक्रम जिल्ला समन्य समितिको हलमा हुने छ । पार्टी सभापति नै आउने भएपछी रास्वपाले पार्टीका समर्थक शुभचिन्तक तथा सदस्यहरुलाई निमन्त्रणा गरेकाे छ ।
नेपालीरैबार । २०८१ भाद्र १०, सोमबार