सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी ०८४ को चुनावमा कर्णालीबाट योग्य र क्षमतावान मान्छेले नेतृत्व लिन सक्यो भने मात्र कर्णाली बन्ने बताएका छन् । शनिवार वीरेन्द्रनगमा पार्टीको कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले कर्णालीमा (रास्वपा)ले क्षमतावान मान्छे उठाउने र जनताले सबैभन्दा बढी मत दिने दाबि गरे ।
कर्णालीको विकासका निम्ति आफूहरु मान्छे छान्ने क्रममा रहेको बताउदै उनले भने,कर्णालीबाट हजारौं मान्छेले जिते, तर यहाँका नागरिकले जितेनन्, यहाँको विकासले जित्न सकेनन् अब रास्वपाले जितेर यहाँको विकास र नागरिकले जित्ने छन् ।
पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेले आफू राजनीतिक छोड्न तयार भएको तर कसैसँग गलत सम्भौता नगर्ने र नझुक्ने बताए । राजनीतिमा आँट, तागत र ढंग हुन आवश्यक रहेको जिकिर गर्दे उहाँले आगामी निर्वाचनमा पुराना नेताहरुलाई जनताले स–सम्मानका बिदा गर्ने विश्वास व्यक्त गरे ।
उनले अहिलेको सरकार शुसासनको डण्डा चलेपछि रातारात बनेको आरोप लगाउनुभयो । सभापति लामिछानेले सहकारीको विषयमा भ्रम छरेको बताउदै आफु पत्रकारका प्रश्नबाट भाग्ने मान्छे आफु नभएको बताए । उनले आगामी निर्वाचनमा सबै पार्टी एक हुँदा पनि आफू एक्लै चुनाव लड्न तयार रहेको उल्लेख गरे । सभापति लामिछानेले ०८४ को चुनावमा सदनमा क्षमतावान एक सय एक नेता खडा हुने बताए ।
यस्तै कार्यक्रममा पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहरी मात्र नभई गाउँ गाउँमा पनि रास्वपा फैलिरहेको बताए । उनले देशमा नकारात्मक सोच बढेको भन्दै सकारात्मक सोच बोक्ने व्यक्ति पार्टी सभापति भएको उल्लेख गरे । महामन्त्री बुर्लाकोटीले चार महिना सरकारमा हुदा रास्वपाले बिधिमा गर्न मिल्ने काम मात्र गरेको बताउदै विधि भन्दा बाहिर गएर कुनै गलत कुकर्म नगरेको बताए ।
उनले कर्णाली प्रदेश केन्द्रमा रहेका नेताहरुले हेर्ने कु दृष्टिका कारण पछि परेको बताउदै कर्णाली जस्तो ठाउँ अन्त कतै नभएको जिकिर गरे । बुर्लाकोटीले सभापतिलाई अनावश्यक दुख दिएर समिति बनाए पनि त्यो गलत सावित हुने बताउदै वर्षाैदेखी रजगज गरेकाहरुले भ्रम छर्ने काम गरेको आरोप लगाए। यस्तै सासंद विनिता कठायतले कर्णाली बनाउन सभापतिकै नेतृत्वमा मात्र सम्भव हुने बताए ।
नेपालीरैबार । २०८१ भाद्र १५, शनिबार