दलित पत्रकार संघको दोस्रो अधिवेशनबाट ९ सदस्य जिल्ला कार्यसमिति निर्वाचित

दैलेख । राष्ट्रिय दलित पत्रकार संघ को दोस्रो जिल्ला अधिवेशन बाट ९ सदस्य सर्वसहमत जिल्ला कार्यसमिति निर्वाचित भएका छन ।

शनिबार दोस्रो  जिल्ला अधिवेशन बाट  कृष्ण सुनारको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो। अध्यक्ष कुष्ण सुनार, उपाध्यक्ष  जगत सुनार  ,सचिव  हिमेन्द्र बिश्वकर्मा उपसचिव यज्ञ बहादुर बि क ,कोषाध्यक्ष डिल कुमारी नेपाली अधिवेशन बाट सर्वसहमत निर्वाचित भएका हुन ।

यस्तै सदस्यमा पम्फा परिवार, ममता बिश्वकर्मा, अम्मर नेपाली ,चित्रकला नेपाली सहित ९ सदस्यको कार्यसमिति निर्वाचित भएको सचिव हिमेन्द्र बिश्वकर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया