घरेलु हिंसा न्यूनिकरण सम्बन्धी तिजगित प्रतियोगिता

सुर्खेत | घरेलु हिंसा न्यूनिकरण सम्बन्धी तिजगित प्रतियोगिता गरिएको छ । दैलेखको महाबु गाउँपालिका वडा नं. ३ को बाँसीमो प्रतियोगिता गरिएको छ । घरेलु हिंसा, बालविवाह, बहूविवाह र जातीय छुवाछुत लगाएका विषयमा तिजगित प्रतियोगिता गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जनाएको छ ।

प्रतियोगितामा बाह्र टिमको सहभागिता रहेको महिला सशक्तीकरण मञ्चका कार्यक्रम संयोजक लक्ष्मी जिसीले बताइन् । चेतनशील बालक्लव , गोल्डेन गेड बोडिङ स्कुल, मालिका मा.वि, चौतारी महिला समुह , सन्देश बालक्लव, हरियाली महिला समुह , मष्ठा बालक्लव, नमुना बालक्लव , नारी समाज समुह ,माईकाथान बालक्लव, भैरब टोल आमा समुह, तोलेनी कृषक महिला समुहले कार्यक्रममा भाग लिएका थिए ।

महिला सशक्तीकरण मञ्च नेपालको आयोजना तथा महाबु गाँउपालिका वडा नं ३ वडा कार्यालय र यूएनडिपीको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गोल्डेन गेड बोडिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । यसैगरी क्रमश- सन्देश बालक्लव, नमुना बालक्लव, नारी समाज समूह द्धितिय, तृतिय र सान्त्वना भएका छन् ।

तिज पर्वको अवसरमा सचेतनाका लागि तिजगित प्रतियोगिताको आयोजना गरिएको वडा नं. ३ का वडा अध्यक्ष कृष्णकुमार दाहालले बताए । रचनात्मक तरीकाले समाजमा सचेतना फैलाउनका लागि कार्यक्रमको आयोवजना गरिएको उनको भनाइ थियो । बालविवाह , बहुबिवाह , लागुऔषध , छाउपडी बिषयमा तिजगित बनाएर समाजमा सकरात्मक सन्देश दिएको महिला सशक्तीकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले बताइन् । यस्ता कार्यक्रमले समाजमा घटिरहेका घटनालाई समेत उजागर गर्ने उनको विश्वास थियो ।

तपाईको प्रतिक्रिया