सुर्खेत बाणिज्य संघका अध्यक्ष कँडेलले बुझाए प्रधानमन्त्री ओलीलाई विभिन्न माग पत्र

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेत लगाएत कर्णाली प्रदेशको स्तरन्नोतिकालागि विभिन्न माग राख्दै माग पत्र बुझाएका छन् । अध्यक्ष कँडेलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघको माग पत्र बुझाएका हुन् ।

मागपत्रमा विशेष गरेर सुर्खेत विमानस्थलको धावनमार्गको विस्तार तथा स्तरोन्नति, कोहलपुर(सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन विस्तारमा अवरोधका रूपमा रहेको निकुञ्ज क्षेत्रको रूख कटान तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान लगायतका माग रहेको छ ।

अध्यक्ष कँडेलका साथमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, नेपाल युवा उद्यमी मञ्चका उपाध्यक्ष कल्पना बिष्टको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया