सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार सुन एक लाख ५६ हजार ३०० र चाँदी एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया