तिन दिनदेखी सुनको मुल्यमा नयाँ रेकर्ड बन्दै

काठमाडौँ । सुनको मूल्यले सोमबार पनि रेकर्ड बनाएको छ । अघिल्ला दुईदिन निरन्तर रेकर्ड बनाउँदै आएको सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढेर रेकर्ड बनेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा १५ रुपैँयाले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला १९१५ रुपैँया तोकिएको छ ।

तपाईको प्रतिक्रिया