काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले दिएको निष्कर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष व्यक्त गरेको छ । सभापति रवि लामिछानेले आफूलाई संसदीय समितिले लाञ्छनाबाट मुक्त गरेको बताए ।
आज संसद बैठकपछि बाहिर निस्किने क्रममा रास्वपा नेताहरुलाई पत्रकारले घेरेका थिए । सबैभन्दा पहिले बोल्न अघि सरे संसदीय समितिका सदस्य समेत रहेका रास्वपा सांसद शिशिर खनाल । उनले संसदीय समितिले सहकारी हिनामिनाको आरोपमा सभापतिलाई पूर्णरुपमा क्लिन चिट दिएको बताए ।
खनालले भने, ‘सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिएन ।’ खनालपछि पत्रकारहरु सभापति रवि लामिछानेतर्फ फर्किए । लामिछानेले सुरुमा हाँस्दै भने, ‘अब मैले बोल्नुपर्ने त के छ र ?
पत्रकारले सोधे, ‘सबैभन्दा पहिले त तपाईंलाई बधाई छ । सहकारीको रकम अपचलनमा दोषी नभए पनि सहकारीबाट ल्याइएको रकम बाँडफाँटमा तपाईं संलग्न रहेको भनिएको छ नि र?’
नेपालीरैबार । २०८१ भाद्र ३१, सोमबार