भयावह सडक दुर्घटना

एक वर्षमा दुई सय ३६ दुर्घटनामा, ९७ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यतया मानवीय त्रुििटका कारण घट्ने सडक दुर्घटनाको अवस्था भयावह छ । हरेक दिनजसो सडक दुर्घटनामा परी यात्रुहरुको ज्यान जाने गरेको हो ।

प्रदेशमा गएको आर्थिक वर्ष २०७६÷०७७ मा भएका दुई सय ३६ दुर्घटनामा ९७ जनाको ज्यान गएको छ । जीर्ण सडक, चालकको लापरवाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको कारक भएको तथ्यांकहरुले देखाएका छन् ।

फायल तस्वीर ।

अनुमति नदिएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम कम हुन नसकेको हो । साझा विसाैनी दैनिकमा समाचार छापिएकाे छ ।

सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टछुट्टै सडक छैनन् । बढ्दो सडक अतिक्रम जस्ता कारणले पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । २०७७ को साउन महिनामा प्रदेशभर २१ व्टा दुर्घटना भएकोमा पाँच जनाको ज्यान गयो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनमा सुर्खेतमा चार, दैलेखमा नौ, सल्यानमा तीन, रुकुमपश्चिममा एक, जुम्लामा तीन र कालीकोटमा एक वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनाका परी सुर्खेतमा तीन, दैलेखमा एक र जुम्लामा एक जनाले ज्यान गुमाए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले सवारी दुर्घटना हुनुका थुप्रै कारणहरु रहेको औंल्याए ।

ट्राफिक नियमको उल्लंघन नै सवारी दुर्घटनाको प्रमुख कारण भएको उनी बताउँछन् । ‘कर्णालीमा सडकसमेत राम्रो छैन्।’ उनले भने, ‘ट्राफिक नियमको पालना नगर्दा झनै दुर्घटना निम्तने गरेको छ ।’

तपाईको प्रतिक्रिया