अमेरिकामा विरोधको तयारीपछि प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाको स्वागत कार्यक्रम स्थगित भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री  राणाको स्वागत गर्न आयोजित कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जनाएको छ ।

संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले एक सूचनामार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया