विद्यालयमा कामचलाउ सुधार योजनाहरु

सुर्खेत,। वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयले निर्माण गर्ने विद्यालय सुधार योजना एसआइपी कार्यान्वयनमा निकै कमजोर रहेको पाइएका छन । ती विद्यालयले पूर्ण मापदण्ड अनुसार योजना नबनाई प्रायः जसो कामचलाउ रूपमा बनाउँदा कार्यान्वयनमा कमजोर रहेको पाइएका हुन ।

उपसचिव शर्माले बनाइएका योजना धेरै जसो कामचलाउ खालका रहेको बताउँदै त्यसमा परिमार्जनको आवश्यकता रहेको उल्लेख गरेका छन । विद्यालय सुधार योजना (एसआइपी) बनाइए पनि परिमार्जन नगरिँदा अब प्रत्येक सामुदायिक विद्यालयले वर्षमा अद्यावधिक र पाँच वर्षमा परिमार्जन गर्नुपर्ने प्रावधान रहेको उनको भनाइ रहेका छन ।

विद्यालयलाई राम्रो बनाउन, शिक्षण राम्रो बनाउन र सिकाइ राम्रो बनाउन विद्यालय सुधार योजना अनिवार्य निर्माण गर्नुपर्ने सुझाव उनले दिए । विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिको भूमिका र योगदान वृद्धि गर्न विद्यालय सुधार योजना अनिवार्य बनाउनुपर्ने उपसचिव शर्माले बताएका छन।

उनले योजना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मात्रैले बनाएर नहुने भन्दै विद्यालयको सेवा क्षेत्र पर्ने सामाजिक सङ्घ संस्था र विद्यार्थीको सहभागिता अनिवार्य हुनुपर्ने जानकारी दिनुभयो । सामुदायिक विद्यालयले अनिवार्य रूपमा विद्यालय सुधार योजना बनाउनुपर्ने भनिए पनि संस्थागत विद्यालयलाई भने अनिवार्य छैन । नगरशिक्षा शाखाका प्रमुख उपसचिव लम्सालले संस्थागत विद्यालयलाई योजना बनाउनुपर्ने भनेर उल्लेख नभएको बताएका छन ।

वीरेन्द्रनगर नगरपालिका–४ को भैरव माध्यमिक विद्यालयले विद्यालय सुधार योजना बनाउन लागेका छन । विद्यालयले सर्वपक्षीय अन्तर्क्रियाको आयोजना गरी सुधार योजना बनाउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सेनाले गुणस्तरीय शिक्षाका लागि नमुनायोग्य विद्यालय बनाउन विद्यालय सुधार योजना बनाउन लागिएको जानकारी दिएका छन। योजनालाई समयसापेक्ष बनाउन सर्वपक्षीय सुझाव लिएर अद्यावधिक तथा परिमार्जन गरिने उनले बताएका छन ।

भैरव माध्यमिक विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर जिसीले एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तर विद्यालयमा दलित, जनजाति र अपाङ्गता भएका भनेर नछुट्याइएको जानकारी दिएका छन ।

उनले प्राथमिक तहसम्म विद्यार्थी भर्नादर केही कम भएको र माथिल्लो तहको तुलनामा केही बढी भएको बताएका छन । विद्यालय सुधार योजना बनाउन वीरेन्द्रनगर नगरपालिकाका नगरशिक्षा प्रमुख उपसचिव धीरेन्द्रप्रसाद शर्मा लम्सालले सहजीकरण गरेका छन ।

तपाईको प्रतिक्रिया