१५ हजारमा युवती बेच्ने सुर्खेतका एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन् ।

विष्टले साविक गुटु गाविस–८, की २१ वर्षीय नामसरा देवी कँडेललाई ०५७ साल असोजमा भारतमा लगेर बेचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकमाले जानकारी दिए ।

विवाहको प्रलोभन देखाएर विष्टले नामसरा देवीलाई भारतको गोरखपुर लगेको उनको भनाई छ । त्यहाँ एक अपरिचित भारतिय नागरिकलाई विष्ट १५ हजारका बिक्री गरेको प्रहरी नायव उपरीक्षक विश्वकमाको भनाई छ ।

नामसरा देवीलाई बिक्री गरेको विषयमा ०५८ मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरिएको थियो । तर विष्ट लामो समयदेखि फरार थिए । विष्टलाई केहि दिन अघि स्थानिय गुटु बजार एरियाबाट पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया