पुर्णबहादुर खड्का भन्छन् अब पश्चिम सुर्खेतकाे सडक प्रगतिको बारेमा अनुगमन गर्छु

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत पश्चिमको सडकको लागि आफूले चिन्ता चासो दिएको बताएका छन् । बाबियाचौर स्पोर्ट्स क्लबले आयोजना गरेको पाँचौं बाबियाचौर च्यालेन्ज कप २०८१ को उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

पश्चिम क्षेत्रको सडक धेरै समयदेखि निर्माणाधीन अवस्थामा रहेकोले अब निरन्तर रुपमा बाटोको गर्छु बारे बुझ्न आफू अनुगमनमा आइरहने समेत बताएका छन् ।

बड्डीचौरदेखि खम्मगाडेसम्म सडक मर्मतको कारणले खाल्डाखुल्डी भएको ठाउँमा एक हप्ताभित्र गाडी सहजै ओहोरदोहोर गर्ने बनाउन पहल गरेको समेत बताएका छन् । साथै उहाँले पश्चिम सुर्खेतमा बन्ने प्रहरी तालिम केन्द्र प्रक्रियामा रहेको हुँदा त्यसको ठोस निर्णय नहुँदासम्म आफूले प्रतिक्रिया नदिने समेत बताए ।

आफू सधैँ जनताको काम र विकासप्रति उत्तरदायी भएको बताउँदै उनले आफ्नो नाम जोडेर कसैलाई राजनीति नगर्न समेत आग्रह गरे । उपसभापति खड्काले अबको केही समयमै बाबियाचौरमा मालपोत तथा नापी कार्यालय स्थापना हुने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया