रवि पक्राउको विरोधमा वीरेन्द्रनगर सुर्खेतमा पनि प्रदर्शन हुदै

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा विरोध प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै रास्वपाले वीरेन्द्रनगरको मंगलगडी चौकमा आज दिउँसो १२: ३० बजे विरोध प्रर्दशन गर्ने जनाएको छ ।

सभापतिलाई राजनीतिक प्रतिशोध गरेको विषयमा रास्वपाका नेता कार्याकताले देशैभर विरोध प्रदर्शन गर्न लागेको रास्वपाका एक नेताले बताए । शुक्रबार पक्राउ गरि पोखरा लैजाने क्रममा राजमार्गका विभिन्न ठाउँमा ठुुलो सख्यामा उपस्थित भएका समर्थकहरुले रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया