रविमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा उर्लिए पोखरेली

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा विरोध प्रदर्शन जारी छ । विरोध कार्यक्रमको ५ औँ दिन पोखरामा रविको न्यायका लागि भन्दै जनसागर उर्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीकाअनुसार आज पोखराको सृजना चोकमा विरोध प्रदर्शनको कार्यक्रम तय भएको थियो । सो अघि पोखराका विभिन्न स्थानबाट शान्तिपूर्ण ¥याली सृजना चोकमा भेला भएको थियो ।

रास्वपाका उपसभापति डोल प्रसाद अर्यालका अनुसार बुधबारको प्रदर्शनमा पोखरेलीहरुको बाक्लो सहभागिता छ ।रविको न्यायका लागि भन्दै रास्वपा गण्डकी प्रदेश, कास्की जिल्ला र छिमेकी जिल्ला, पालिका देखि वडासम्मकै नेता कार्यकर्ता तथा सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा विरोध कार्यक्रममा सहभागी भएका छन् । साथै पार्टीका विभिन्न विभागका सदस्यहरू र शुभचिन्तकहरू पनि विरोध कार्यक्रममा सहभागी छन् ।

आइतबार देखि रवि विरुद्ध प्रतिशोध साँधिएको विरोधमा पोखराका सहकारी पीडितहरू पनि सहभागी भएका छन् । उनीहरूले सहकारी ठगी रविले गरेको नभई राज्यले गरेको बताएका छन् । उनीले राज्यले रवि माथि प्रतिशोध साँधेर आफूहरूले न्याय नपाउने भन्दै विरोध कार्यक्रममा सहभागी भएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया