सुर्खेत । हुम्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।
कर्णाली प्रदेश सरकाको मुख्यमन्त्री हुँदा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई २५ किलोको मालासहित च्याँग्राको रौँबाट बनेको राडी ९पाखी० ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।
गाउँपालिकाले शुक्रबारबाट सुरु गरेको शैक्षिक सप्ताह कार्यक्रमको उदघाटन गर्न हुम्लाको ताँजाकोट गाउँपालिकामा पुगेको शाहीलाई ताँजाकोट चिनाउने मायाको चिनो र २५ किलोको मालाले स्वागत गरेको बताए ।
शाही मुख्यमन्त्री भएकै समयमा ताँजाकोटमा विकासका मुलहरु फुटाएको, गाउँपालिकाको कवाडीदेखि डुँग्रीसम्मको सडकका लागि बजेटको विनियोजन गरिएको र शिक्षा र स्वास्थ्यका लागि भवनहरु निर्माण गरिएको तथा कृषि क्षेत्रमा पनि थुप्रै लगानी गरेकाले उनलाई यस्तो सम्मान गरेको बताए।
नेपालीरैबार । २०८१ कार्तिक ११, आईतवार