काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शनिबार पार्टीको कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा आन्दोलन समित गठन गरेको छ ।
साथै रवि लामिछानेलाई नियतबस लामो समय हिरासतमा राख्नको लागि ७ दिन म्याद थप गरिएको गरिएको सहप्रवक्ता रमेश प्रसाईँले बताए । ‘७ दिन म्याद किन थपियो भने त्यसपछि विदा सुरु हुन्छ । भनेको ७ दिन भनेर १२ दिन राख्न पाइयो । संभवत इतिहासमै पहिलो पटक हतियारधारी प्रहरीहरु इजलासमा प्रवेश गरेका छन् ।’ उनले भने, ‘पार्टी सभापतिले आफूलाई हिरासतमा दुव्र्यवहार गरिएको र मानसिक यातना दिइएको कुरा पनि उहाँले न्यायाधीश समक्ष भन्नुभएको छ । अर्को सरकारी वकिलसँग नयाँ तथ्यहरु केही छैन । कुनै आधार प्रमाण भेटिएको छैन, तैपनि म्याद थपिएको थपियै छ ।’
त्यस्तै १३ गते वृहत आन्दोलनको तयारी गरिएको सहप्रवक्ता प्रतिभा अर्यालले जानकारी दिइन् । उनका अनुसार आन्दोलन काठमाडौँ केन्द्रीत हुनेछ भने बिभिन्न जिल्लाहरुमा पनि आन्दोलन गरिनेछ । आगामी आन्दोलनका विषययमा मूल समितिको बैठक चलिरहेको र समितिको निर्णयबारे छिट्टै जानकारी गराइने रावलले बताइन् ।
नेपालीरैबार । २०८१ कार्तिक ११, आईतवार