काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा परेको नेपाली टिमलाई बधाई दिएका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कार्यवाहक राष्ट्रपतिसमेत रहनुभएका उपराष्ट्रपति यादवले बधाई तथा शुभकामना दिएका हुन् ।
उनले खेलको क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा समेत गरेका छन् ।
नेपालीरैबार । २०८१ कार्तिक २९, बिहीबार