
सुर्खेतः कवि उमालाल आर्चायको एकल कविता वाचन तथा श्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । वाचन वाङ्घय चौतारी सुर्खेतको आयोजनामा आर्चायको एकल कविता वाचन तथा श्रष्टा सम्मान कार्यक्रम हुने भएको हो ।
उक्त कार्यक्रम मंसिर १५ गते शनिबार दिउँसो १ः०० बजेदेखि धमला चोकस्थित मेगा रेष्टुरेन्टको हलमा हुने छ । कार्यक्रममा ख्याती प्राप्त कवि आचार्यद्धारा जीवन्त र प्रभावशाली कविता वाचन गर्नुहुने छ । साथै दिवंगत आत्माहरुप्रती श्रद्धाञ्जली अर्पण तथा सम्मान कार्यक्रम रहेको आयोजक वाङ्घय चौतारी सुर्खेतले जनाएको छ । कार्यक्रमले साहित्य र सांस्कृतिक चेतना फैलाउन विशेष अवसर प्रदान गरेको बताइएको छ ।
नेपाली साहित्यिक वातावरणलाई थप उचाइमा पुर्याउन आयोजकले साहित्य कला प्रेमीहरुलाई आग्रह गरेको छ । यसैबिच आयोजकले कार्यक्रम सफलताको लागि साहित्यिक मनहरुलाई उपस्थितिको लागि सादर निमन्त्रणा समेत गरेको छ ।
उद्धरणः
“……..शोकाकुल परिवारजन भक्कानिदै चिच्याउनेछन्
आपसमा छाँद हालेर,
म सक्ने छैन त्यो चीत्कार सुनेर रुन
भो भो नरोउ संसार यस्तै हो
भनेर सान्त्वना दिन………”

मनिसा गौतम । २०८१ मंसिर ८, शनिबार