सामाजिक सञ्जालमा समय समयमा विभिन्न ह्यास ट्यागहरु ट्रेण्डमा आइरह्न्छन् । ट्वीटरबाट सुरुवात भएको ह्यास ट्यागको प्रचलन पुरै इन्टरनेटमा फैलिएको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सञ्चारमा ह्यास ट्यागको ट्रेड चलेको छ ।
कुनै शब्दमा ह्यास ट्याग (#) संकेत लाएपछि यो लिंकमा परिवर्तन हुन्छ । त्यहाँ क्लिक गर्दा सो मुद्दामा भइरहेको चर्चा देखिन्छ । केही सातादेखि सुरु भएको ट्रेन्डीङमा कपल च्यालेन्ज र फस्र्ट इम्प्रेशन च्यालेन्ज हुन् । हाल यी दुई ट्रेन्डीङमा पोष्ट गर्नेहरुको संख्या लाखौं पुगेको छ ।
फस्ट इम्प्रेशन च्यालेन्जमा पोष्ट गर्ने व्यक्तिले आफ्ना साथीलाई आफूसँग पहिलोपटक भेट्दा कस्तो लागेको थियो भनेर सोध्छ, अर्थात आफूसँग पहिलोपटक भेट्दाको अनुभव लेख्न आग्रह गर्छ । दोस्रो च्यालेन्जमा फेसकुब प्रयोगकर्ताले आफ्नो श्रीमान् वा श्रीमतीसँगको फोटो अपलोड गरेर अरुलाई पनि फेसबुकमा राख्न च्यालेन्ज गर्छ । यी दुई च्यालेन्ज अहिले फेसबुकमा निकै भाइरल छन् ।
यी दुई च्यालेन्जले सामाजिक सञ्जालका वालहरु कलेजका डेस्क बेन्च र शौचालयको भित्ता जस्तो फोहोर बनाउन थालिएको छ यसले सामाजिक सञ्जाल सदुपयोग भन्दा दुरुपयोग गर्नेहरुको संख्या क्रमशः बढेको देखाउँछ ।
फेसबुकलाई फोटो अपलोड र च्याटमा मात्रै सिमित नराखौं यसलाई सहि सूचना र ज्ञान आदान प्रदानको माध्यम बनाऔं । हामीले सामाजिक सञ्जाल चलाइरहेका छौँ कि सञ्जालले हामीलाई समयमै सजक हुन जरुरी छ । सामाजिक सञ्जालको गलत प्रयोगले हामी चिप्लियौँ भने सही ट्रयाकमा पु¥याउन हाम्रा फ्लोअर्सहरु आइपुग्दैनन् उठ्ने आफैले हो । (लेखक अथकमनु इ-पेज साप्ताहिकका सम्पादक हुन् ।)
नेपालीरैबार । २०७७ आश्विन १३, मंगलवार