कर्णालीमै डाक्टर उत्पादन भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुन्छ : मन्त्री रावल

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन कार्यक्रम लागु भएपछि कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी हुने सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् ।

देशकै कान्छो र पिछडिएको प्रदेशको रुपमा चिनिएको कर्णाली स्वास्थ्य सुविधामा निकै पछि परेकाले औषत आयु कम, बालमृत्युदर, मातृशिशु मृत्युदर बृद्धि भएको बताउँदै एमबीबीएस कार्यक्रम लागु हुँदा कर्णालीकै स्वरुप बदलिने मन्त्री रावलले दाबी गरे ।

‘भौगोलिक रुपमा पनि पिछडिएको हरेक क्षेत्रबाट समस्या भोग्दै एको कर्णालीका लागि एमबीबीएस यहिँ पढ्न पाउनु गौरवको करा हो,’ मन्त्री रावलले भने, ‘एमडी कार्यक्रम ल्याउनका लागि प्रदेश सरकारले थुप्रै पहल ग¥यौं र एमबीबीएस कार्यक्रमका लागि पनि प्रदेश सरकारले दौडधुप गरिरहेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय एमबीबीएस कार्यक्रम लागु गर्न प्रतिष्ठान र प्रदेश सरकार लागि परेको बताए । यसै वर्षको भदौ ९ गतेदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, डियियट्रिक अध्यापन गर्ने अनुमति प्रतिष्ठानले पाएको छ ।

प्रतिष्ठानलाई चिकित्सा विज्ञानमा स्नातककोत्तर तहको अध्यापन अनुमति दिएसँगै एमबीबीएस कार्यक्रमका लागि पनि दौडधुप चलेको छ ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रातिष्ठानमा एमबीबीएस कार्यक्रम लागु हुँदा कर्णाली र समग्र देशलाई नै बहुआयामिक फाइदा हुन्छ,’ मन्त्री रावलले भने, ‘यहाँ एमबीबीएस कार्यक्रम लागु भएपछि ४५ प्रतिशत छात्रवृत्तिमा यहाँका जनताका छोराछोरीले पढ्न पाउँछन् अनि आफ्नो ठाउँमा नै सेवा गर्छन, जसले कर्णालीका बिकट ठाउँहरुमा स्वास्थ्य सेवा प्रभावकारी हुन्छ ।’ जनचासाे दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया