सुर्खेत । युनियन लाइफ इन्स्योरेन्सले बीमितको घरमै गएर जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । गुर्भाकोट नगरपालिका ६ का बीमित स्वर्गीय नरबहादुर कामीको घरमै पुगेर दुघर्टना मृत्यु बापत हुने बीमा रकम हस्तान्तरण गरिएको हो ।
युनियनका कर्णाली प्रदेश उप–प्रमुख किशोर थापाले कामीको आफन्तलाई १४ लाखको चेक हस्तारन्तरण गरेका छन् । कामीले २०७६ मा बीमा गराएका थिए । उनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको थियो ।
उनले तीन हजार नौ सय २४ रुपियाँ तितेर १० लाखको बीमा गराएका थिए । श्रीमानको निधनपछि एक्लोपन महसुस गरेकी पानसरा बिकले युनियनले उपलव्ध गराएको रकमले दैनिक जीवनयापन गर्न सहज हुने बताइन् । ‘अहिले बीमा रकम नै मेरो सहारा भयो, यो रकमले छोराछोरीको शिक्षादीक्षाको लागि खर्च गर्छु’ उनले भनिन् ।
बीमा गर्न सहज तर दाबी प्रक्रिया निकै झन्झिटिलो हुने भ्रम युनियनले ताडेको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा सदस्य चन्द्रा विकले बताइन् ।
उनले विगतमा वीमा रकम दावी गर्दा निकै हैरानी खेपेको उल्लेख गरिन् । उद्योग बाणिज्य संघ सुर्खेतका पूर्व सचिव उदराम डाँगीले युनियन लाइफले बिमितहरुप्रती देखाएको सद्भाव उच्च रहेको औंल्याएका थिए ।
हस्तान्तरण कार्यक्रममा युनियन लाइफ वरिष्ठ एजेन्सी म्यानेजर तथा गौतम आइएमइका संचालक केपी गौतम, एजेन्सी म्यानेजर पुर्णबहादुर वली, एजेन्सी म्यानेजर हरिप्रसाद कंडेल लगायतको उपस्थिति थियो ।
नेपालीरैबार । २०७७ आश्विन १४, बुधबार