जाजरकोट छेडागाड–३ चुहा निवासी वर्ष १५ की कल्पाना विकले प्रदेश अस्पताल सुर्खेतमा नयाँ जीवन पाएकी छन् । उनी साउन २७ गते बाख्रा चराउन जाँदा भीरबाट लडेकी थिइन् । बाहिरी चोट केही नभएको र पेटमा दुख्यो भन्दै मुर्छित पर्न थालेपनि गाउँमै झारफुकमा लागे उनका परिवार । निको नभएपछि भने उनीहरु अस्पताल जाने भए तर लगातारको वर्षातले पहिरो जाँदा बाटो नै अवरुद्ध भएकाले तीन दिनमा अर्थात् गत साउन ३० गते सुर्खेत स्थिति देउति अस्पतालमा आइपुगेका थिए । देउतीमा केही चेकजाँचपछि अस्पतालले रिफर गर्यो ।
उनी थप उपचारको लागि प्रदेश अस्पतालमा आएका थिए । प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा आइपुग्दा विरामीको अवस्था नाजुक थियो । डिउटीमा रहेका डा. चन्द्रेश सिंहका अनुसार विरामीको ब्लड प्रेसर, श्वासदर, मुटुको चाल र अक्सिजनको मात्रा पनि राम्रो नरहेको र विरामी पेट दुख्यो भनेर छटपटाइरहेको अवस्था थियो ।
तुरुन्तै विरामीलाई भिडियो एक्सरे गर्न सम्भव थिएन् । त्यसैले डा. सिंहले पेटमा रगत जमेको हो की भनेर पत्ता लगाउन १० मिलिलिटरको सुई पेटमा घोच्नुभयो । पेटको पानी तान्दा दिसा मिसिएको तरल पदार्थ देखियो । यसले आन्द्रामा प्वाल परेको भन्ने संकेत गर्दछ । यस्तो अवस्थामा विरामीको ज्यान बाच्न असम्भव प्रायः नै हुन्छ ।
किनभने दिसा पेटको तरल पदार्थमा मिसिएर विरामी कजयअप मा पुगीसकेको अवस्था थियो । तर डा. चन्द्रेशले अन्तिमसम्म प्रयास गर्न छोड्नु भएन् । आफ्नो सिनियरलाई बोलाएर (डा. निर्मल रसाईली) तुरुन्तै अप्रेशन कोठामा लगेर पेटको दायाँ र बाँया भागमा पाइम क्चबष्ल हाल्नुभयो । करिव तीन लिटरसम्म दिसा मिसिएको तरल पर्दार्थ क्गअतष्यल मेसिनको सहायताले तान्नुभयो । बाँकी free drain मा छाडियो । यति गर्दा विरामीको अवस्थामा केही सुधार आयोभने । उनको मुख्य अप्रेशन (Leparotomy) गर्ने योजना थियो ।
त्यसपछि विरामीलाई आइसीयूमा सारियो । विरामी आइसीयूमा सार्दा लगभग साँझको ६ बजेको थियो । विरामी होसमा थिएन् । नाक र पेटको दुबैपट्टी पापइप हालिएको थियो । श्वासदर भने बढेको थियो । प्रत्येक घण्टा विरामीको अवस्था पत्ता लगाउन उसको ज्वरो नाप्ने, श्वासदर, मुटुको चाल, रक्तचाप, अक्सिजनको मात्रा नाप्ने गर्थिम ।
प्रत्येक दुई घण्टामा उसको शरीर ओल्टोकोल्टो फर्काउने गर्थिम । खाना खान नसक्ने उनको शरिरमा सुगरको मात्र कमहुन नदिन आइसियूका नर्स प्रत्येक मिनेटमा दिनुपर्ने सलाइनका थोपा–थोपाको हिसाव निकाल्थीन् र त्यसरी नै दिन्थिन् । विरामीलाई अक्सिजनको मात्रा कम भएकाले अक्सिजन लगाउन परेको थियो ।
विभिन्न Antibiotic औषधीहरु साथै अन्य औषधीहरु दिनुपर्ने रगत र पिसाबका जाँचहरु पठाउनु पर्ने एक्सरे गर्नुपर्ने भनि सम्बन्धित डिपार्टमेन्टहरुसँग सहकारी गरी रिपोर्ट संकलन गर्ने र उक्त रिपोर्ट डाक्टरहरुलाई रिपोटिङ्ग गर्ने जस्ता कति हो कति काममा व्यस्त हुँदा साँझ ७ बजेदेखि अर्कोदिन विहानको ८ बजेसम्म डिउटीमा आँखा झिमिक्क पनि नगरी उनलाई सेवा गरिरहिन् । भोलीपल्ट उनको स्वास्थ्यमा केही सुधार आएको उनको Vital’s ले देखाइरहेको थियो । तसर्थ भोली पल्ट उनको मुख्य अप्रेशन LAparotomy गर्ने निधो गरियो ।
विरामीलाई अप्रेशन कक्षमा सारियो जहाँ लगातार पाँच घण्टा लगाएर अप्रेशन गरिएको थियो । जसमा मुख्य सर्जन डा. सुजन श्रेष्ठ, सहायक डा. चन्द्रेश सिंह, Anesthesia डा. विवेक देवकोटा र Scrub नर्स दिपा गिरी साथै अन्य सहायक कर्मचारिकाे ओटी टिम लागि परेको थियो । यो टिमले Exploratory laparotomy, wedge resection, end to end gejunojunostomy, temporary closure with bagota भन्ने अप्रेशन गरेको थियो ।
यस अप्रेशनमा आन्द्राको जेजुनममा प्वाल परेको हुँदा प्वाल परेको भागलाई काटेर स्वास्थ्य भागलाई एक अर्कासँग जोड्ने काम गरिन्छ । अप्रेसन सकिएपछि विरामीलाई आइसीयूमा सारी उसको अवस्थ अझै विग्रन नदिन भेन्टीलेटरमा राखिएको थियो । भेन्टीलेटरमा गइसकेपछि पुनः फर्किनु भनेको विरामीले नयाँ जीवन प्राप्त गर्नु नै थियो (केही प्रतिशत मात्र भेन्टीलेटरबाट नयाँ जीवन प्राप्त गर्न सफल हुन्छन्) ।
भेन्टीलेटरमा राखिएका विरामीहरु पूर्ण रुपमा नर्समा नै आश्रित हुनेहुँदा उनीहरुलाई Complete Nursing care को आवश्यकता पर्दछ । जस्तै विहानीमा विरामीको बेड सफा राख्ने, तन्ना र ब्ल्यांकेट नयाँ विछ्याउने, मुखको सरसफाई गराउने, कपालको सरसफाई गर्ने नयाँ लुगा लगाउने, डाइपर परिवर्तन गर्ने, ब्याक केयर र मसाज गर्नुपथ्यो । यसका साथै नर्सले विरामीले कति खान्छ र कति दिसा विपाबका माध्यमबाट बाहिर जान्छ भनेर हिसाब राखेको हुन्छन् । जो विरामीको शारिरीक अवस्था पत्ता लगाउन सहज हुन्छ ।
त्यस्तै, विरामीलाई औषधी लगाउने विरामीको स्वास्थ्य स्थितिबारे डाक्टरलाई जानकारी गराउने र तुरुन्तै एक्शन लिने गर्नु पर्दछ । यतिले मात्रै पुग्दैन विरामीलाई विभिन्न अभ्यासहरु गराउने, जाँचहरु पठाउने र रिपोर्ट हेरेर डाक्टरलाई खवर गर्नुपथ्र्यो । वार्डमा आवश्यक पर्ने सम्पूर्ण सामानको व्यवस्था मिलाउने र ति औजार उपकरणहरुले काम गर्दछन् वा गर्दैनन् भनि हेर्ने जिममा र काम नगर्ने भए बनाउन मर्मत गर्न पठाउने पनि नर्सहरुले नै गर्ने गर्दछन् ।
त्यसैगरी विरामी र उनका आफन्तहरुलाई मनोसामाजिक परामर्श दिँदै रोगलाई जितेर जीवन जिउने आत्मविश्वस प्रदान गर्नेपनि नर्सकै जिम्मा रहन्छ । त्यसैगरी अस्पतालको कुन ठाउँबाट के सेवा पाइन्छ, अस्पतालको नियम के छ खाना आदीबारे जानकारी दिनु पनि नर्सकै जिम्मा हो । आइसीयुमा राखेर उपचार भइरहेका विरामीको हरेक घण्टामा उसको treatment plan परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
जसको लागि विरामीको अवस्थाको गहिरो अध्ययन हुन जरुरी छ । हरेक घण्टा आवश्यक परे १५/१५ मिनेटमा check गर्नुपर्ने हुन्छ । जो नर्सको जिम्माको कुरो हो । विरामीको अवस्था बारे नर्सले दिएको जानकारी र डाक्टरको परीक्षणको आधारमा नै विरामीको Treatment Plan परिवर्तन गरिन्छ ।
करिव करिब २४ घण्टा भेन्टीलेटरमा राखी एक पोका रगत चढाएपछि विरामीको अवस्था विस्तारै सुधार हुँदै गएपछि उनलाई mechanical Ventilator बाट निकालेर Bipap Machine मा राखिएको थियो । जसले श्वास फेर्न सहयोग गर्छ ।
अस्पताल आएको पाँच दिनपछि विरामीलाई होस आएको हो । होस भएतापनि उनी आफ्नो शरीर आफै हल्लाउन सक्दिनथिइन् । दिनमा तीन चार पटक उनको Wound site dressing गर्नुपर्थ्ये । एकै छिनमा schocakage हुने भएकाले त्यसका साथै bed sore काम गर्नको निम्ती दुई/दुई घण्टामा position change गर्ने, Bacnk care गर्ने wheel chair ambulation गर्ने, bed मा air matters प्रयोग पनि गरायौं । यसरी करिव १२ दिनको आइसीयू care पछि विरामीलाइ SCU मा सारियो र अहिले विरामी खतारामुक्त छिन् ।
आफै हिड्न सक्ने भएकी छन् र थप आवश्यक उपचारको निम्ति जनरल वार्डमा सारिएको छ । विरामीको आर्थिक अवस्था कमजोर भएकोले अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । जहाँ पातलो त्यहाँ छेद भनेझैँ विरामीको यता अस्पतालमा होस आएकै दिन लगातार भएको वर्षातले उता जाजरकोट उनको घर भत्किएको थियो ।
अस्पतालको उपचार खर्च निःशुल्क भएतापनि उसलाई प्रयोग गरिएका महंगो औषधी किन्ने पैसाको अभावहुँदा आइसीयू कक्षमा कार्यरत नर्स सरला केसीले आफ्ना साथीहरुसँग समन्वय गरी २५ हजार आर्थिक सहयोग पनि गर्नु भएको थियो ।
अब विरामीको secondary closer मात्र बाँकी भएकाले केही समयमा डिस्चार्ज गर्न सकिने छ । परिवार र आफन्तले बचाउने आशा मारिसकेका १५ वर्षीय कल्पनालाई पुनर्जीवन दिन सहयोग गर्नुहुने प्रदेश अस्पतालका मेसु, निमित्त मोट्रोन ER Department, ot department, ICU Department, जनरल वार्ड, Lab ,रेडियोलोजी डिपार्टमेन्ट लगायत धन्यवादका पात्र हुनुहुन्छ ।
सुरेश आचार्य । २०७७ आश्विन १५, बिहीबार