सुर्खेत । एमबिबिएस पढ्दै गरेका गुर्भाकोट नगरपालिका वडा नम्बर ४ निवासी टेक बहादुर डाँगीलाई नगरापालिकाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आज निज टेक बहादुर डाँगीलाई नगरपालिका बोलाएर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको नगरप्रमुख हस्त पुनले बताएका छन् ।
एमबिबिएस अध्ययन गरिरहेका डाँगीको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई एक लाख १६ हजार (१,१६,०००) बरावरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको उनको भनाइ छ । निज डाँगीले भर्खरै एमबिबिएस अध्ययनका लागि नाम निकालेका छन् ।
नाम निकालेर भर्खर पढाई सुरु गरेका डाँगीको आर्थिक अवस्था निकै कमजोर भएको तथा शैक्षिक सामाग्री उपलब्ध गराईदिन वडा कार्यालय बाट सिफारिस भई आएकाले निजलाई शैक्षिक सामागी ( अध्ययनको लागि पुस्तकहरु लगाएत अन्य सामाग्री) हस्तान्तरण गरिएको नगरप्रमुख पुनको भनाई छ ।
निज डाँगीले विद्यालय तहको शिक्षा जन ज्ञान भण्डार मावि कोटखोला मालारानीमा अध्ययन गरेका थिए । आर्थिक रुपमा बिपन्न भई पढाईलेखाई लाई अगाडी बढाउन नसकेका नगरपालिका भित्र स्थायी रुमपा बसोबास गरि बिभिन्न क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीको पहिचान गरि नगरपालिकाले आउने वर्ष देखि बजेट विनियोजन गरेर यी र यस्ता कार्यक्रमलाई अगाडी बढाउने नगरप्रमुख हस्त पुनले जानकारी दिएका छन् ।
गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुन, शाखा प्रमुखहरु ,वडाअध्यक्षहरु लगाएतले निज टेक बहादुर डाँगीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेपालीरैबार । २०८१ पुष २१, आईतवार