“नयाँ युगको राजनीति “: नेतृत्व, नीतिहरू र जनताका अपेक्षाहरू”

नेपालको राजनैतिक प्ररिबेशमा “नयाँ युगको राजनीति पार्टीको आगामी राजनीतिक नीतिमा सन्तुलित, समन्वयकारी, र सर्वस्वीकार्य नेतृत्वको आवश्यकता औंल्याएका छन्। तर पनि संविधानको रक्षा र कार्यान्वयनलाई मूल मुद्दा बनाउँदै लोकतन्त्रको संरक्षणमा “नयाँ युगको राजनीति भूमिका महत्त्वपूर्ण रहेको छ |

नेपालको राजनीतिक परिदृश्यमा नयाँ नीतिहरूको निर्माण र कार्यान्वयनले नेतृत्व, नीति, र जनताको अपेक्षाहरूबीचको सम्बन्धलाई गहिरो रूपमा प्रभावित गरेको छ। संविधानको कार्यान्वयन, संघीयताको सुदृढीकरण, र समावेशी विकासका प्रयासहरू लाई “नयाँ युगको राजनीति ले देशलाई नयाँ दिशामा अघि बढाइरहेको देखिन्छ!!

नेपालको राजनीतिक परिदृश्यमा नयाँ नीतिहरूको सुरुवात, परिकल्पना, चाहना, र नयाँ विकल्पहरूको खोजीले देशलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ ! र नयाँ नीतिहरूको निर्माण र कार्यान्वयनले नेतृत्व, नीतिहरू, र जनताको अपेक्षाहरूबीचको सम्बन्धलाई गहिरो रूपमा प्रभावित परेको छ !!

नेतृत्व र नीतिहरू:

नेपाली राजनीतिमा झन्डै (३५-४०) वर्षदेखि पार्टीको नेतृत्व गरिरहेका नेताहरूले नयाँ नीतिहरूको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्। यद्यपि, विभिन्न नामका पार्टीहरू भए पनि तिनीहरूको उद्देश्य र कार्यशैलीमा धेरै फरक पहिचान देखिन को छैन !!

संघीयताको कार्यान्वयन:

नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अंगीकार गरेको छ, जसमा तीन तहको सरकार (संघ, प्रदेश, र स्थानीय) को व्यवस्था गरिएको छ। संघीयता कार्यान्वयनमा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, नागरिक समाज, र जनताको भूमिका महत्त्वपूर्ण छ। संविधान कार्यान्वयनसँगै सामन्ती र एकात्मक व्यवस्थाको अन्त्य, विकसित योजना र कार्यान्वयन (गाउँ–गाउँमा सिंहदरबार), पहिचान, समावेशीकरण, राजनीतिक स्थिरता, र आर्थिक समृद्धिको ढोका खुलेको छ।

जनताको अपेक्षाहरू:

जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, र आधारभूत सेवाहरूमा पहुँचको अपेक्षा राख्छन्। संविधानमा माध्यमिक तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारी, आवासमा पहुँच, र खाद्य अधिकार सहित आर्थिक–सामाजिक–साँस्कृतिक अधिकारको प्रत्याभूति गरिएको छ।

निष्कर्ष:

नयाँ नीतिहरूको निर्माण र कार्यान्वयनमा नेतृत्वको भूमिका, नीतिहरूको प्रभावकारिता, र जनताको अपेक्षाहरूबीचको सन्तुलन कायम राख्न आवश्यक छ। सक्षम नेतृत्व, जनमुखी नीतिहरू, र जनताको सक्रिय सहभागिताले मात्र समृद्ध र न्यायपूर्ण समाजको निर्माण सम्भव छ।

तपाईको प्रतिक्रिया