दैलेख । दैलेखकाे चामुण्डाबिन्द्रासैनि नगरपालिकाको वडा नं १ देखी ९ सम्मका क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्नका लागि मजुवा खानेपानी आयोजना सञ्चालनमा ल्याउन पहल गरिएको छ ।
चामुण्डाबिन्द्रासैनि नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीको विशेष उपस्थितिमा मजुवा खानेपानी आयोजना सञ्चालनमा ल्याउन पहल गरिएको हो ।
नगर उप(प्रमुख मनिशा रेग्मी, निमार्ण कम्पनि लगाइत स्थानिय नागिरकहरुकाे उपस्थितिमा मंगलवार एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ । स्थानीय बासिन्दाहरूले स्वच्छ, सुरक्षित, र पर्याप्त खानेपानी प्राप्त गर्ने आशा गरेका छन् । मजुवा खानेपानी आयोजनाको कार्यान्वयनमा नगरपालिका, स्थानीय समाज, र सरोकारवालाहरूको सक्रिय सहकार्य सुनिश्चित हुनेछ ।
उक्त अवसरमा नगर प्रमुखले खानेपानीकाे पहुँच जनताको आधारभूत अधिकार भएको बताउँदै, आयोजना सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको जोड दिएका छन् । यो आयोजना नगरवासीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले अघि सारिएको हो । सबै नगरवासीहरूलाई आवश्यक सहकार्य र सहयोगका लागि अनुरोध समेत गरेका छन् ।
नेपालीरैबार । २०८१ माघ ९, बुधबार