कोरियन भाषा प्रशिक्षक कँडेलद्धारा १ लाखको अक्षयकोष घोषणा

सुर्खेत । कोरियन भाषा प्रशिक्षक हरि कँडेलले जन्मदिनको अवसरमा वीरेन्द्रनगर १० पिपिरास्थित गंगामाला आधारभुत विद्यालयमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

आइतबार विद्यालयमा अक्षयकोष घोषणा गर्दै कँडेलले उक्त रकम विद्यालयले जेहेन्दार, विपन्न र अभिभावकविहिन बालबालिकाका लागि खर्च गर्ने बताए । अक्षयकोष घोषणा कार्यक्रममा विद्यालयका प्रअ शान्ति केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बिसी, वडाध्यक्ष डिलबहादुर रखाल लगायतको उपस्थिति थियो ।

वीरेन्द्रनगर ६ न्युरोडस्थित ट्रष्ट एजुकेशनल सेन्टरका सञ्चालक तथा प्रबन्ध निर्देशक कँडेल अब्बल कोरियन भाषा प्रशिक्षकका रुपमा परिचित छन् । उनी देशभरका कोरियन भाषा प्रशिक्षकहरुको संस्था कोरियन भाषा संघको केन्द्रीय सहसचिव समेत हुन् । उनले कोरियन भाषा प्रशिक्षणसम्बन्धी पुस्तक प्रकाशन गरेका छन् ।

तपाईको प्रतिक्रिया