आगलागीबाट घाइते दुई जनाको उपचारकाे क्रममा निधन

काठमाडौंँ । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःमको भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो । माघ २३ गते शानदार मःममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको हो । अन्य घाइतेको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया