प्राधिकरणले थाल्यो जाजरकोट भूकम्प क्षतिको मूल्याङ्कन

जाजरकोट । भूकम्प गएको झन्डै १५ डेढ वर्षपछि भौतिक क्षतिको विस्तृत मूल्याङ्कन थालिएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

जाजरकोटमा पहिलो चरणमा भेरी नगरपालिका वडा नं १,३,४,८ र ११ का साथै नलगाड नगरपालिकाको वडा नं १,३ र ४ बाट कामको शूरुवात गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी समीर गौतमले प्राधिकरण, स्थानीय सङ्घ संस्था र पालिकाबाट समेत गरेर आवश्यक इन्जिनियरलाई क्षतिको मूल्याङ्कनका लागि वडा वडामा पठाइएको बताए

। सोका लागि इन्जिनियरलाई दुई दिनको अभिमुखीकरण समेत दिएर कार्यक्षेत्रमा परिचालन गरिएको गौतमले जानकारी दिए । अहिलेसम्म जाजरकोटमा ३४ हजार, रुकुम पश्चिममा ३२ हजार र सल्यानमा १ हजार ३ सय अस्थायी आवास बनेका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाले ज्यान गुमाएका थिए ।

नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले ढिलै भए पनि क्षतिको विस्तृत मूल्याङ्कन गर्ने कार्य सुरु हुनु भूकम्प पीडितको लागि सुखद सकमचार रहेको बताए । ‘यस कार्यका लागि पालिकाबाट गर्नुपर्ने कार्यसम्पादनमा पालिकाले पूर्णरूपमा प्रतिबद्ध भएर काम गर्ने नगर प्रमुख रावतले बताए ।

भेरी नगरपालिका १ का वडाध्यष दीपक रानाले क्षतिको विस्तृत मूल्याङ्कन (डीडीए) गर्ने कार्य सुरु हुनु हामी वडावासी र भूकम्प पीडितहरूका लागि पुनर्निर्माणको थालनी भएको बताए । यो कार्य निकै सराहनीय भएको वडाअध्यक्ष रानाको भनाइ छ ।

सरकारले ढिलै भए पनि पुर्ननिर्माण कार्यका लागि प्राविधिकहरू घरघरमा पठाउनु आफूहरूका लागि स्थायीवासमा बस्न पाउने आसा पलाएको भेरी नगरपालिका १ का भूकम्प पीडित पूर्णबहादुर रावतको आशा छ । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटमा ४० हजार ४१ घर धुरी लाभग्राही कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया