प्रधानमन्त्री कप : गण्डकीको ऐतिहासिक पहिलो जित

काठमाडौँ । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दाङको लमही क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई चार विकेटले हरायो ।

यसअघि गण्डकी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो । यस्तै पहिलो हार खेपेको कर्णालीले यसअघि सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको थियो । जितक लागि कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । गण्डकीका लागि दीपक डुम्रेले अविजित ५० रन बनाए । यस्तै सुजन गौतमले अविजित २२ रन जोडे ।

बलिङमा कर्णालीका कप्तान दिवान पुनले तीन विकेट लिए । दीपेन्द्र रावतले दुई तथा युनिशविक्रम ठकुरीले एक विकेट झारे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।

कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २० रन बनाए । यस्तै अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए । बलिङमा गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी, कप्तान विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया