
काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा आज नेपालले नामिबियासँग खेल्दैछ । दोस्रो चरणमा नेपालले नामिबियासँग खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे शुरु हुनेछ । यस श्रृंखलामा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यसअघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
नेपालले बिहीबार युगाण्डासँग र शुक्रबार हङकङसँग खेल्ने तालिका रहेको छ । त्यसपछि आइतबार अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

नेपालीरैबार । २०८१ फाल्गुन २८, बुधबार