नेपाल राष्ट्र बैङ्कका विदेशी मुद्रा सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ९२ पैसा र बिक्रीदर १३७ रूपियाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रूपियाँ १६ पैसा र बिक्रीदर १४८ रूपियाँ ८१ पैसा रहनेछ ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपियाँ ३६ पैसा र बिक्रीदर १७८ रूपियाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपियाँ २७ पैसा र बिक्रीदर १५५ रूपियाँ ९५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ५३ पैसा र बिक्रीदर ८६ रूपियाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ ८५ पैसा र बिक्रीदर ९६ रूपियाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपियाँ ५२ पैसा र बिक्रीदर १०२ रूपियाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ १२ पैसा र बिक्रीदर नौ रूपियाँ १६ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ८६ पैसा र बिक्रीदर १८ रूपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ५० पैसा र बिक्रीदर ३६ रूपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ५६ पैसा र बिक्रीदर ३७ रूपियाँ ७३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०४ पैसा र बिक्रीदर चार रूपियाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ २८ पैसा र बिक्रीदर ३७ रूपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपियाँ ८७ पैसा र बिक्रीदर ३१ रूपियाँ कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ३४ पैसा र बिक्रीदर नौ रूपियाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपियाँ ६७ पैसा र बिक्रीदर १३ रूपियाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ ८६ पैसा र बिक्रीदर १९ रूपियाँ ९५ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६१ पैसा र बिक्रीदर १७ रूपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपियाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपियाँ , बहराइन दिनार एकको खरिददर ३६३ रूपियाँ १७ पैसा र बिक्रीदर ३६४ रूपियाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपियाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपियाँ २६ पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।

तपाईको प्रतिक्रिया