
जाजरकोट । जाजरकोटको सबैभन्दा पुरानो मध्यपश्चिम विश्वविद्यालयको आंगिक भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा सहमतिमै नयाँ पदाधिकारी निर्वाचित भएका छन् । क्याम्पसमा दर्ता भएका विद्यार्थी सङ्गठनहरुको सहमतिमा नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जानकारी लिएको छ ।
निर्वाचन अधिकृत लोकबहादुर शाहीका अनुसार स्ववियु सभापतिमा नेविसंघका प्रनिल चन्द, उपसभापतिमा अखिल क्रान्तिकारीका अजय शर्मा, सचिवमा अनेरास्ववियुका पुष्पराज वली सर्वसहमतिमै निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका मिनकृष्ण शाह, सदस्यहरुमा अखिल समाजवादीका नवीन शाही र कमला महरलाइ सर्वसम्मत सहमति गरिएको निर्वाचन अधिकृत शाहीले जानकारी दिए ।
नवनिर्वाचित सभापति प्रनिल चन्दले क्याम्पसको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आफुहरुको पहिलो प्राथमिकता रहने बताए । क्याम्पसलाई साझा बनाउनका लागि आफुहरुले स्ववियु निर्वाचनलाई सहमतिमै सम्पन्न गरेको नवनिर्वाचित उपसभाति अजय शर्माको भनाइ छ ।

नेपालीरैबार । २०८१ चैत्र १४, बिहीबार