रेणुका नगरकोटे युवा प्रोत्साहन पुरस्कार–२०८१ द्वारा सम्मानित

ललितपुर । नेपाली महिला मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् ।

गुरुकुल एजुकेसनल फाउण्डेसन नेपालद्वारा आयोजित ‘एनसिएम डे’को अवसरमा युवा प्रोत्साहन पुरस्कार–२०८१ नगरकोटेलाई प्रदान गरिएको हो । उक्त पुरस्कार राशी ५० हजार हरेको छ । कार्यक्रममा अमनप्रताप अधिकारीले नगरकोटेलाई अनसङ हिरोको रुपमा सम्मान गर्दै भने, उनले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष, दुबै कुराले आगामी पुस्थालाई ठुलो प्रेरणा दिएको छ ।

यसैगरी, नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.डा. सुशीलभक्त माथेमाले नगरकोटेलाई बधाइ दिएका छन् । रेणुका नगरकोटेले नेपाली महिला फुटबलको मिडफिल्डबाट खेल्दै आएका अनेकौँ प्रतिस्पर्धामा उल्लेखनीय योगदान दिएकि छन् ।

तपाईको प्रतिक्रिया