सुर्खेत पुगेर शंकर पोखरेलले भने, पञ्चहरुले समाजलाई निकै पछि धकले

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले वर्तमानमा रोजेको बोटोले देशलाई विनासतर्फ धकेल्ने बताएका छन् । मंगलबार एमाले सुर्खेतद्वारा आयोजित लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ प्रतिगामी षड्यन्त्रका विरुद्ध बृहत जागरणसभालाई सम्बोधन गर्दै पोख्रेलले एमालेले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय बाटोमा हिँडाउन खोजेको दावी गर्दै पञ्चहरुले समाजलाई निकै पछि धकलेको दावी गरे । महासचिव पोख्रेलले राजतन्त्रलाई सत्कर्म नगरेर मरेको प्रेतको संज्ञा दिए ।

उनले भने ‘हाम्रो गाउँघरमा एउटा भनाई छ, मान्छे सत्कर्म गरेको रहेनछ भने प्रेत बन्छ । सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ । नेपालको राजनीतिमा अढाइ सय वर्ष शासन गरेको शाह वंशीय राजतन्त्र जसलाई जनताको आन्दोलनबाट हामीले सधैंका लागि बिदा गरेका थियौं । त्यसले सत्कर्म गरेको रहेनछ, त्यो आज प्रमाणित भएको छ । त्यहीँ प्रेत अहिले जनतालाई दुख दिन लागि परेको छ ।’

गणतन्त्रले के दियो भन्ने राजावादीहरुले २०४६ साल अघिको कर्णाली सम्झन उनको आग्रह थियो । पञ्चायतको समयमा सुर्खेत बाहेक अन्य जिल्लामा पैदल यात्रा गरेको सम्झदै उनले कर्णालीलाई अध्यारोमा राखेका मण्डलेहरुले गणतन्त्रमाथि प्रश्न गर्नु हास्यास्पद रहेको दावी गरे । गणतन्त्र स्वीकार्न नसक्ने राजावादीलाई कर्णालीले सहजरुपमा चिनेको पनि उनले बताए । गणतन्त्र आएपछि विकास गाउँ पस्दै गएको उल्लेख गर्दै उनले देशलाई पुरानै व्यवस्थामा फर्काउन खोज्ने राजावादीलाई कर्णालीले नाङ्गेझार पार्नुपर्ने दावी गरे । ‘हो, हाम्रो देश जति अघि बढ्नु पर्ने थियो, त्यसअनुसार अघि बढ्न सकेको छैन ।

तर, राजा र मण्डलेहरुले देशलाई जति तल पार्न खोजेका थिए, त्यसको अन्त्य गणतन्त्रले सुरु गरेको हो । पञ्चायतकालको पौने चार अर्बको अर्थतन्त्रलाई लोकतन्त्रले ५७ खर्ब पु¥याएको तथ्य बुझ्न म राजावादीहरुलाई अनुरोध गर्दछु,’ उनले भने । पृथ्वीनारायण शाहले देशको एकिकरण गरेर राम्रो काम गरे भन्दैमा यिनका नालायक सन्तानलाई जनताले कदापी नस्वीकार्ने दावी गरे । कसैले देशलाई पछाडि लैजाने खोजेको प्रयास कदापी पुरा नहुने पोख्रेलको तर्क छ ।

साना पार्टीले ठुला पार्टीमाथि साशन गर्ने परिपाटीको अन्त्य नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने उनले बताए । २०८४ सम्म कांग्रेस–एमालेको गठवन्धनले देशलाई अहिलेको अवस्थाबाट बाहिर निकाली लोकतन्त्रलाई लयमा फर्काएर स्थायित्व कायम गराउन खोजेको पोख्रेलले बताए । देश बनाउँन धेरै पार्टी होइन, बलिया पार्टी बनाउँन आवश्यक रेहेको पोख्रेलको दावी थियो । देश निर्माण गर्न स्पष्ट दुरदृष्टि, बिलोयो पार्टी र राजनीतिक स्थायित्व आवश्यक पर्ने उल्लेख गर्दै उनले एमाले बलियो पार्टी नबनेसम्म देशले निकास नपाउँने बताए ।

तपाईको प्रतिक्रिया