काठमाडौँ । चलचित्र ‘महाभोज’ को दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख छ कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ ।
पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ । दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ । जसमा छ कलाकारसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल जस्ता कलाकारलाई देखाइएको छ ।
दुवै पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्। चलचित्र सामाजिक यथार्थमा आधारित रहेको निर्देशक दिनेश राउतले बताए । चलचित्रको कथारपटकथा विकास सुवेदीले लेखेका हुन् ।

नेपालीरैबार । २०८२ बैशाख ८, सोमबार