स्वास्थ्यलाई प्राथमिकता, रोजगारीलाई बेवास्ता

जाजरकोट । देश संघीयतामा गईसकेपछि विभिन्न सरकारहरु निर्माण भए । जाजरकोटमा सात वटा स्थानीय तह बने । ३ वर्ष पुरा हँुदै गर्दा स्थानीयले विभिन्न योजनाहरु ल्याए तिमध्ये स्थापना भएको वर्ष सडकलाई प्राथमिकता दिएका स्थानीय सरकारले अहिले पछिल्लो वर्ष आफ्ना प्राथमिकता बदलेका छन ।

स्थानीयवासीलाई रोजगारीदेखि स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता राखेर पछिल्ला वर्षमा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरु अगाडी बढाएको देखिएको छ ।

पशु, कृषि, स्वास्थ्य, खानेपानी, रोजगारी तथा सिँचाइलाई समेत मुख्य प्राथमिकता राखेर काम गरेका समेत पाइएको छ । स्थापनाको वर्षमा ट्रयाक ओपन भएका स्थानीय सडकहरु अहिले स्तरोन्नतीका लागि समेत काम भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन । सुरक्षित सुत्केरी, गर्भवतीलाइ पोषण तथा शिक्षा क्षेत्रको सुधारका लागि पुर्वाधारका कार्यक्रमहरु समेत प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । भेरीमालिका दैनिकमा समाचार छ ।

बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर काम गरेको समेत पाइएको छ । जिल्ला समन्वय समिति जाजरकोटले गरेको समीक्षा गोष्ठीमा स्थानीय सरकारले प्रस्तुत गरेका विवरणमा यस्ता कुरा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत भारी वेरोजगार जनशक्तिलाई रोजगारी दिएको समेत स्थानीय सरकारले जानकारी दिएका छन । कृषिलाई प्राथमिकता दिएका नलगाड नगरपालिकाले ३५ टन लसुन उत्पादन गरी काठमाण्डौँमा लिएर विक्री भएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा ४ सय ५५ गर्भवतीको घरमा झण्डा गाडेर कुखुरा वितरणदेखि अन्य आधारभुत सामग्री समेत उपलव्ध गराएको नगरप्रमुख रावलले बताए ।

त्यस्तै ४ सय ७ जना संस्थागत सुत्केरी भएका नलगाड नगरपालिकामा २९ प्रतिशत अघिल्लो आर्थिक वर्षमा गर्भजाँच गराएकोमा यो आर्थिक वर्षमा ६२ प्रतिशत बढेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७६÷७७ मा १९ किलोमिटर सडक निर्माण तथा ४८ किलोमिटर मर्मत तथा स्तरोन्नती भएको उल्लेख छ । त्यस्तै ६४ किलोमिटर घोडेटो बाटो निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

२ वटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिनुका साथै ७ वटा निर्माधिण अवस्थामा रहेको बताएको छ । ४ सामुदायिक विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको र ७ निर्माणधिण अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । ६ वटा सामुदायिक विद्यालयमा पक्की शौचालय निर्माण, ५र६० किलोमिटर विद्युत लाईन विस्तार भएको नगरपालिकाको दावी छ ।

५९७ घरधुरीमा सौर्यउर्जा वितरण गरिएको छ । २८० घरधुरीलाई धुवारहित चुलो वितरण गरिएको जनाएको छ । ५ मन्दिर, ५ काठेपुल, २ खोप भवन निर्माण, ७ विद्यालय भवन मर्मत, ९ विद्यालयमा घेराबार, १४६ कृषक समुह गठन भएका छन् ।

१,२ ४ मा मौरी पालन, वडा ३ मा सुन्तला तथा अलैची पकेट, ९,१० र ११ मा लसुन पकेट क्षेत्र, ७ र ८ मा धानको पकेट क्षेत्र रुपमा विकास गरिएको छ । त्यस्तै वडा ५ मकैको पकेट, वडा ३ र ६ लाई आलु, वडा ५ कागती, १३ नम्वर फलफूल, वडा नम्वर २, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरि कृषिकहरुले आम्दानी लिएको नलगाड नगरपालिकाले जनाएको छ । नलगाडमै ४ हजार दाँते औखरका विरुवा लगाएको छ ।

स्वास्थ्य क्षेत्रमा समेत ८० प्रतिशत भन्दा माथी प्रगती भएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७६र ७७ मा भेरी नगरपालिकाले १८ खानेपानीका योजना निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । ३३ वटा आन्तरिक सडक निर्माण, ९ सिँचाई योजना, २७ वटा भवन र १ पूल निर्माण गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए ।

३१ किलोमिटर सडकको ट्रयाक औपन, १८ किलोमिटर कच्ची सडक मर्मत, ७ स्वास्थ्य संस्था निर्माधिण अवस्था रहेको बताएको छ । जाजरकोट बहु प्राविधिक शिक्षालय स्थापना, ७ वडाहरुमा आधारभुत स्वास्थ्य संस्था सञ्चालनमा, कुदु र पुन्मामा ल्याप सेवा सञ्चालन ल्याइएको छ । ३८ वटा शिक्षकका दरवन्दी स्कृती गरिएको छ ।

भेरी नपाको १ कालेगाउँमा गहुँको बीउ उत्पादन गरी बीउमा आत्मनिर्भरता ल्याइएको छ । वडा ७ को रुपाकोटमा मकैको बीउ उत्पादन गरी बीउ आयतमा न्यूनिकरण गरिएको छ । वडा नं ६ मा आलुको मूल बीउ उत्पादन र वडा २ को तिलिंगेमा सिमीको बीउ उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शिवालय गाउँपालिकाले कृषि क्षेत्रका साथै सवै वडामा सडक निर्माण गरेका जनाएको छ । सवै वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएको छ । गाउँपालिका भरी सुद्ध पिउने पानीको उपलव्ध गराउनका लागि ८० प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार जनशक्तिलाइ रोजगारी दिएको समेत बताएको छ । कुशे, छेडागाड, बारेकोट जुनिचाँदे गाउँपालिकाले समेत अन्य स्थानीय तह जस्तै विकास निर्माणका काममा प्राथमिकता दिएको पाइएको छ ।

जुनिचाँदेले सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरि सुत्केरीको जीवन सुरक्षालाई ध्यान दिएको छ । बारेकोट गाउँपालिका शत प्रतिशत सुत्केरी सेवा दिएको बताएको छ । संघीय र प्रदेशका कार्यालयले सडक निर्माण, विद्यालय भवन निर्माण गरेको प्रगती विवरण सार्वजानिक गरेका छन् । कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई जोड दिएको छ ।

डिभिजन वन कार्यालयले स्थानीय जडीवुटी, वन संरक्षण तथा प्रर्यटकीय स्थलको संरक्षणमा जोड दिएर काम गरेका जनाएको छ । तर रोजगारीलाई भने यहाँका स्थानीय तहले प्राथमिकता नदिएको नागरिक समाजको भनाई छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको विकास निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सडक, टेलिफोन, सिँचाइ र खोपानीका कामहरु अव अर्को चुवानमा प्राथमिकताका योजना नपर्ने समेत मन्त्री बस्नेतको भनाई छ । समय अनुसार मानिसका प्राथमिकता बदलिदै जाने समेत उनले दावी गरे ।

तपाईको प्रतिक्रिया